Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामको प्रश्न– संविधान जलायौँ भन्ने अनि मन्त्री खाँदै, पार्टी चहार्दै गर्न मिल्छ ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कतिपय दलले संविधान जलायौँ भन्ने र मन्त्री पनि खाइरहने गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले आफूले संविधानलाई ‘आधा खाली र आधा भरि गिलासजस्तै’ भनेको स्मरण गर्दै भने, ‘कतिपय साथीहरूले संविधान जलायौँ भन्नुभएको छ ।

त्यसो भए तपाईंहरू यहाँ (संसद्मा) किन आएको ?’ संविधान जलाएको पनि भन्ने र राजनीतिक लाभको पद पनि खाइरहन नमिल्ने भट्टराईले बताए ।

संसद्लाई भरपूर उपयोग गर्न नसकेको भट्टराईले बताए । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई दलीय र गुटीय आधारमा व्यवहार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077