Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाममा पहिरो : मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

अछाम । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २,

ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् ।

घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077