Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा बाढी बस्तीमा पस्दा ३०० घर डुबानमा

कञ्चनपुर । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेका हुन् ।

वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका-५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077