Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाममा पहिरोमा पुरिएका १२ जनाको शव फेला

अछाम । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए। अन्य वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।

खोजी तथा उद्धारका कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077