एजेन्सी । भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्।
फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन्।
अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन् । बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिशत झरेर १४९.७ बिलियन डलरमा पुगेको छ ।
पहिलो पटक सन् २००८ मा फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा देखापरेका अदानी यस वर्ष फेब्रुअरीमा एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। उनले भारतीय अर्बपति मुकेश अम्बानीलाई पछाडि पार्दै यो सफलता हात पारेका थिए ।