Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खाएकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको भेडिहरवास्थित ने.रा. कन्या प्राथमिक विद्यालयकी शिक्षिका उर्मिला देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्दै अख्तियारले उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षिका देवीले भारत बिहार विद्यालय परीक्षा समिति, पटनाबाट जारी भएको झुट्टा विवरणको नक्कली लव्धांक पत्र तथा प्रोभिजनल प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय, पर्साबाट जारी भएको भनी झुट्टा अस्थायी अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको अख्तियारको दाबी छ ।

उनले २०६६ साल फागुन २ गतेदेखि २०६७ साल असार २५ गतेसम्म उक्त विद्यालयमा अध्यापन गराएकी थिइन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्त भई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077