Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र साउदीबीच श्रम सम्झौता हुँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ ।

राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय पुगेका थिए। सो भेटमा श्रम सम्झौताबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिरएका थिए।

उनले साउदी अरेबियासँग नेपालले समयमै द्वीपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताएमा थिए।

त्यस्तै उनले राजदुत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिसकेकाले अब चाँडै श्रम सम्झौता हुने जनाकारी गराए। उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउन त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077