Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं अहिले बालेनलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का पछिल्ला गतिविधि र त्यसमाथि भइरहेको प्रशंसाप्रति व्यंग्य गरेका छन् ।

शुक्रबार बिहान बालेनले आफूलाई प्रधानममन्त्रीकाल सम्झाउने गरी फर्काएको जवाफपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो ।

पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।’

[insert page='163304' display='yopanipadhnuhos.php']

यसअघि भट्टराईले सामाजिक सञ्जालमै फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिनु पर्ने बताएका थिए ।

जसप्रति प्रतिक्रिया दिँदै बालेनले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको भनेर भट्टराईप्रति प्रश्न गरेका थिए ।

[insert page='163332' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077