काठमाडौं । सांसद प्रेम सुवालले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नेपाल नागरिकता विधेयकमा पुनरविचार गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता सुवालले नागरिकता विधेयकमाथि अझै छलफल आवश्यक रहेको बताएका हुन्।
उनले भने,'नागरिकता विधेयकमाथि अझैं विचार गर्नुपर्छ। राष्ट्रपतिबाट प्रमाणीकरण गर्न दिनुहुँदैन भन्ने जनताको आवाजको सम्मान गर्नुपर्छ।'
संघीय संसदअन्तरगत प्रतिनिधि सभा र राष्ट्रियसभाबाट हुबहु पारित भएर नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाइएको छ।