Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा, दमन गरेको आरोप

काठमाडौं । फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका विरूद्ध आन्दोलन सुरु गरेका छन् ।

एमालेको श्रम संगठन जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

आज (बिहीबार) बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालयको मूल गेटमा पुगि नाराबाजी गरेका हुन् ।

जिफन्ट अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले ‘हामीलाई गरिखान देऊ’, ‘स्वरोजगार श्रमको सम्मान गर’, ‘कि विकल्प देउ कि रोजगार देउ’, ‘हामीलाई बाच्न देउ’ लगायत नारा लगाए ।

महानगरले साना तथा स्वरोजगार व्यवसायीहरुमाथि दमन गरेको उनीहरुको गम्भीर आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077