Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा ५७ अंकको पहिरो, कारोबार रकम २ अर्ब १२ करोड

काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक उल्लेख्य गिरावट देखिएको छ ।

पाँचौ दिनको कारोबारमा सेयर बजार परिसूचक ५७ अंकले ओरालो लागेको हो। साताको तेश्रो र चौथो दिन सुधार देखिएको बजार परिसूचक पाँचौ कारोबारमा पुन: घटेको छ।

साताको सुरुवातमा ११.४७ तथा दोश्रो कारोबारमा १३.५९ घटेको बजार मंगलबार र बुधबार क्रमश: २१.३० तथा ४७.४६ अंकले बढेको थियो। ५७ अंकले बजार घट्दा समग्र बजार परिसूचक १९२४.४८ अंकमा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ११.२३ अंकले घट्दा ३७४.१३ मा कायम छ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ। साताको सुरुवातबाटै १ करोड तल रहेको कारोबार रकम बुधबार १ अर्ब ४५ करोड तथा बिहीबार २ अर्ब १२ करोड भएको छ।

बिहीबार ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077