Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना आजदेखि, भर्ना हुनेको घुइँचो

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना गर्न लागेको हो। बिहीबारदेखि असोज ६ गतेसम्म तोकिएको स्थानमा दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दरखास्त फारम सबै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ। निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुने छ। दरखास्त फारम बुझाउने पहिलो दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा युवाहरूको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077