Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको अहमदबादमा लिफ्ट चुँडिदा ७ को मृत्यु, एक गम्भीर घाइते

एजेन्सी । भारतको अहमदबादमा एक निर्माणाधीन भवनको लिफ्ट चुँडिदा दुर्घटना सात जनाको मृत्यु भएको छ ।

गुजरात युनिभर्सिटी नजिकै भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।

भवनको नवौं तलामा निर्माण सामग्री ओसारिरहेकै बेला लिफ्ट चुँडिएको हो ।

नवौं तलाबाट झरिरहेको लिफ्ट सातौं तलामा पुग्नासाथ चुँडिएर खस्दा लिफ्टमा सवार ७ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।

घाइतेको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077