Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

काभ्रे । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका ४, गणेशथान चलालमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ, ४० वर्षकी सावित्री तामाङ र ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077