Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • असोज १ गतेबाट काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

    असोज १ गतेबाट काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंमा असोज १ गतेबाट सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न नदिने निर्णय गरेको हो ।

    महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।



    महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “सार्वजनिक स्थलमा धुमपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध छ ।”



    कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत महानगरले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार