Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु

एजेन्सी । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु भएको छ ।

अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको ज्यान गएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

४१ मिटर उचाइबाट मजदुर खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077