Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा पनि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अभियानअन्तर्गत काम भइरहेको बताए ।

यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचनामा डोजर चलाउने अभियान सञ्चालन गर्दै आएको छ ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077