Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई बोलाइएको जानकारी दिए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको उनले बताए ।

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भइ खटिन नपाउने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077