Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानगर मात्रैले डेंगु प्रकोपलाई तत्काल रोक्न गाह्रो छ, लामखुट्टेको टोकाइबाट बच्नुहोस् : प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न प्रत्येक वडाका लागि बजेट छुट्याएको छ । डेंगुको प्रकोप रोक्नका लागि केही समय अगाडिबाट नै महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

सोही अनुसार महानगरले वडाको आकार अनुसार ठूला वडाहरुमा एक लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याएको प्रमुख बालेन्द्र (बालेन) शाहले जानकारी दिए ।

‘तर यो प्रयत्न पनि अपुग भएको छ। किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ। यसमा हामी सबैको भूमिका रहन्छ’ प्रमुख शाहले भने, ‘पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस्।’

लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन भन्दै सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिन आग्रह गरेको छ, ताकि पानी जम्मा नहोस्।

प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगुबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएको, ब्रोसर ब्यानर छपाइ गरी घरदैलो कार्यक्रममा वितरण गरिएको, लामखुट्टेको बासस्थान र लार्भा खोजी गरि नष्ट गर्ने अभियान ३२ वटै वडामा सञ्चालन गरिएको प्रमुख शाहले बताएका छन्।

बुधबारदेखि प्रयोगशाला भएका क्लिनकमा आरडीटी परीक्षणा थालिने उनले बताएका छन्। यस्तै, महानगरले डेंगुबाट संक्रमण भए स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077