Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीचको खेल सुरु

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल र श्रीलंकाबीचको खेल सुरु भएको छ ।

दशरथ रंगशालामा साफ च्याम्पियनसिपको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलंकासँगको खेलमा नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारी टिममा छैनन् । उनलाई डेंगु भएपछि टिम बाहिर भएकी हुन् । श्रीलंकालाई पराजित गरे नेपाल यो समूहबाट विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो ।

यता, भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । यता, समूह ‘ए’ बाट भारत र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहबाट पाकिस्तान र माल्दिभ्स भने प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिसकेका छन् ।

नेपाली महिला टिम

गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान)
डिफेन्डरः गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, अमृता जैसी
मिडफिल्डरः अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु, दीपा शाही
फरवार्डः रेखा पौडेल, रश्मीकुमारी घिसिङ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077