Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीनजना घाइते

झापा । भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा-छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेका छन् । ट्रकको ठक्कर ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छन् ।

मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिएको थियो ।

ट्रक अनियन्त्रित भई पुलमाथिबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन् । घाइतेहरू बिर्तामोड–२ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन् । उनीहरूलाई बीएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077