Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै

काठमाडौँ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशैभर १३० वटा मतदान स्थल थपिने भएका छन् ।

स्थानीय निर्वाचनको बेला कायम रहेका १० हजार ७५८ मतदान स्थललाई बढाई सो संख्या १० हजार ८८८ पुर्याउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

स्थानीय निर्वाचनमा मतदान स्थल टाढा भएको भन्दै गुनासो आएपछि सो को व्यवस्थापनका लागि मतदान स्थल थप गरिन लागिएको उनले बताए ।

त्यस्तै, उनले मतदान केन्द्र तय हुन बाँकी रहेको भएपनि अनुमानित २२ हजार मतदान केन्द्र रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077