काठमाडौं । आसन्न मंसिर ४ को चुनावका लागि पुनर्जागरण पार्टी नेपालले महामन्त्री रविकिरण हमाल घोषणापत्र लेखनको जिम्मेवारी दिएको छ ।
घोषणापत्रको तयारीस्वरूप उनले दिनहुँ विषय विज्ञ, युवा र सर्वसाधारणसँग सुझाव लिइरहेका छन् ।
पुनर्जागरण पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ ।
कूटनीति, कर्मचारी प्रशासन, न्यायलय, सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थनीतिमा केन्द्रित भएर घोषणापत्र लेखिरहेको हमालले बताए ।
पुनर्जागरण पार्टी चुनाव चिन्ह बलिरहेको मैनबत्ती लिएर मंसिर ४ को चुनावमा भाग लिँदैछ ।