Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघले विघटन गर्‍यो त्रिवि समिति, अर्को घोषणा नहुन्जेल वक्तव्य निकाल्न नपाइने

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ ।

नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।

अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।

त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसंघका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसंघ केन्द्रले चासो व्यक्त गरेको छ ।

हेर्नुहोस् नेविसंघको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077