Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी उपमहासचिव पुन कोरोना संक्रमित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ ।

आइतबार बिहान पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पुन पत्नीसमेत रहेकी माओवादी नेता ओनसरी घर्तीले जानकारी दिइन् ।

पुनको स्वास्थ्यमा उतारजढाव आएपछि शनिबार मात्रै पुनले घरमै चिकित्सकलाई बोलाएर एन्टिजेन परिक्षण गराउदाँ पोजेटिभ देखिएपछि आइतबार पीसीआर परिक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

पुनले अहिले चिकित्सकको निगरानीमा आफ्नै निवासमा आराम गरिरहेका छन् ।

पुन सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य पनि हुन्। यसअघि पनि उनमा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077