Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सर्लाही ४– प्रदेश कमिटीद्वारा अमरेशकुमार सिंहको नाम सिफारिस

सर्लाही । कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ ।

मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो ।

यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।

अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077