Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार छौं : बालेन शाह

    समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार छौं : बालेन शाह

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 849
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् ।

    कार्य प्रारम्भ गरेको सय दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् ।



    ‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौं तर हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं’, उनले भनेका छन् ।



    नगर प्रमुख साहले गैरकानुनी कार्य निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गरिनेसमेत स्पष्ट पारेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार