Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील अभियान पुनर्गठन गर्न मिलन पाण्डेले बोलाए भेला

काठमाडौं । विवेकशील साझाका पूर्वसंयोजक मिलन पाण्डेले विवेकशील अभियानलाई पुनर्गठन गर्न भेला बोलाएका छन्।

अबको यात्राका रणनीति, निर्वाचन रणनीति तय गर्न अगुवा भेला असोज ३ गते हुने पाण्डेले बताए।

भेलाका निष्कर्षबाट भावी बाटो तय गरिने उनले बताए। लामो उतारचढावपछि अब विवेकशील अभियानलाई पुनर्गठन गर्दै अघि बढ्ने उनले जानकारी दिए।

यो समूह विवेकशील अभियानको संस्थापन समूह हो । २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलका रूपमा रहेको यो समूहले त्यसपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो ।

रवीन्द्र मिश्र अध्यक्ष भएका बेला विवेकशील साझाले पाण्डेलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077