Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूपन्देही विकासको उपयुक्त पाठशाला हो : उपाध्यक्ष पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रूपन्देही विकासको पाठशाला भएको बताएका छन् ।

विकास सिक्नको लागि रूपन्देही आउन उनले आग्रहसमेत गरे । विकास सिक्न, बुझ्न, र चिन्हका लागि रूपन्देही उपयुक्त पाठशाला भएको उनको दाबी छ ।

बुटवलको कालिका मानव–ज्ञान माविमा शुक्रवार आयोजित कानून विद्यार्थी समाजको कार्यक्रममा बौल्दै पौडेलले अरूले कल्पना नगरेको विकासको शुरुआत रुपन्देहीबाट भएको दाबी गरे ।

पौडेलले भविष्यमा मुलुकको सर्वोच्च कानूनी तहमा पुग्न शुभेच्छा व्यक्त गरे । शैक्षिक विकासमा कालिका मानव–ज्ञानले गरेका योगदानको उल्लेख गर्दै उनले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077