Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर

काठमाडौं । पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयको सटरमा पोखरा महानगरले बिहीबार डोजर चलाएको छ।

यी दुई भवनमा २७ वटा सटर थिए।

२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।

सटरमा डोजर लगाउन पोखरा महानगरका मेयर धनराज आचार्य २ वटा डोजर लिएर पुगेका थिए। उक्त स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय र पार्क बनाउने महानगरको योजना रहेको मेयर आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077