Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य

एजेन्सी । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको हो ।

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले बताए ।

भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीको गएको मङ्गलवार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उनको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा गरेको हो ।

कार दुर्घटनाका क्रममा मिस्त्री आफ्नो कारको चालकसँगैको सिटमा बसेका र उनले सिट बेल्ट नबाँध्नुभएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077