Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपमहासचिव शर्माको आक्रोश - म प्रचण्डको आलोचक हुँ, चाकडीले नेतृत्वको रक्षा हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहेको र आलोचना गरिरहने बताएका छन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताउका हुन् ।

शर्माले भने, ‘चाकडीले नेतृत्वको रक्षा हुँदैन । बरु आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’ आफूले गलत कुराको आलोचना गर्ने र सही कुराको समर्थन गर्ने गर्र्दै आएको बताए ।

उनले भने, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’

नेतृत्वले गलत कुरा सुन्ने र त्यसैको आधारमा धारणा बनाउन नहुने भन्दै शर्माले विद्यार्थी नेतृत्वलाई पनि त्यसो नगर्न सल्लाह दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077