Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक कार्यक्रममै माओवादी अध्यक्ष प्रचण्ड र जनार्दनबीच घोचपेच

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।

अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोजेपछि उपमहासचिव शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोलेका थिए ।

सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताए । तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएको र रक्षा गरेको बताउका थिए ।

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077