Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् सरकारबाट पुरस्कृत हुने निजामती कर्मचारीहरू (नामावलीसहित)

काठमाडौं । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।

मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको छैन ।

सिंहदरबार परिसरमा विशेष समारोह आयोजना गरी निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाबाट सम्मान समेत गरिने छ ।

उत्कृष्ट निजामती पुरस्कार पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोधले पाउनेछन् ।

निजामती पुरस्कार ३० जनालाई प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077