Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् प्राधिकरण र नेपाल सेयर मार्केटसहित १७ संस्थालाई सम्पत्ति कर बुझाउन महानगरको दशदिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो।

सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार पत्र प्रप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो।

कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077