Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले प्यूठानबाट सूर्य थापाको एकल नाम सिफारिस

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस भएका छन् ।

सोमवार पार्टी बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो । उम्मेदवारको टुंगो लागेपछि थापा पहिलो पटक प्यूठानबाट निर्वाचन लड्ने छन् ।

थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077