Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लखनऊको एक होटलमा आगलागी, २ को मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको राजधानी लखनऊको एक होटलमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

सोमबार बिहान हजरगन्जस्थित होटल लेभानामा आगलागी हुँदा दुईजनाको मृत्यु र दर्जनौं घाइते भएका छन् ।

आगलागीका क्रममा केही मानिसहरुलाई झ्यालबाट बाहिर निकालिएको थियो। दुर्घटनाको कारण एकिन नभएपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।

होटल संचालकले पहिलो तल्लामा ब्याक्वेट हल रहेको बताएका छन्। आगलागीमा घाइते भएका झन्डै दुई दर्जन मानिसलाई श्यामाप्रसाद मुखर्जी अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077