Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर–१ बाट कमल थापा सर्वसम्मत उमेदवार सिफारिस

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सर्वसम्मत एकल उमेदवार सिफारिस भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पार्टीबाट सर्वसम्मत सिफारिस भएका हुन् ।

थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नं. १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

राप्रपा मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्लाको बैठकले पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077