Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा हुने बताएका हुन् ।

दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।

गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।

यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077