Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नियमिततर्फ १ लाख ८८ हजार विद्यार्थी परे नन ग्रेडिङमा, उच्च शिक्षामा भर्ना हुन नपाउने

    नियमिततर्फ १ लाख ८८ हजार विद्यार्थी परे नन ग्रेडिङमा, उच्च शिक्षामा भर्ना हुन नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 900
    SHARES

    काठमाडौँ । कक्षा १२ को परीक्षाफल शुक्रवार प्रकाशन भएसँगै यसवर्ष नियमिततर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् ।

    शुक्रवार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।



    प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।



    एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइने बोर्डले जनाएको छ ।

    यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

    गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार