Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष यादवको नाम मोरङ ५ बाट सिफारिस

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ ।

मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077