Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै, नौ सेनालाई हस्तान्तरण गर्दै प्रधानमन्त्री मोदी

काठमाडौं । भारतले आजदेखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएको छ ।

आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्न लागेका हुन् । प्रधानमन्त्री मोदीले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

२० हजार करोड भारु खर्च गरेर बनाइएको सोही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।

यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरुले उडान भर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077