काठमाडौं । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
आजदेखि असोज १६ गतेससम्म अनलाइनमार्फत आवेदन आवेदन दिन सकिनेछ । तोकिएको दस्तुरमा असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म अनलाईन दरखास्त पेश गर्नुपर्ने छ ।
'म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन,' सूचनामा उल्लेख छ ।