Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गौरा पर्वमा सुदूरपश्चिम प्रदेशले दियो शुक्रबार सार्वजनिक विदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

चौतर्फी विरोध भएपछि प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ ।

'प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९।०५।१६ गतेको बैठकबाट भोलि मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ' सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077