Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विधायन समितिद्वारा नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं । विधायन व्यवस्थापन समितिको बहुमतले पारित गरेको नागरिकता पहिलो संशोधन विधेयक, २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले प्रतिवेदन पेस गरेका हुन्।

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ प्रमाणीकरणका लागि पठाइएको विधेयक साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएकी थिइन्। तर, प्रतिनिधि सभाले कुनै हेरफेर नगरी पुरानै प्रावधानसहित विधेयकलाई दोस्रोपटक पारित गरेको थियो।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। सो समितिले पनि बुधबार बहुमतबाट विधेयक पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077