Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जेलमा रहेका आलम रौतहट- २ मा कांग्रेसबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत

काठमाडौं । एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो ।

केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।

आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

उनी हाल पुर्पपक्षका लागि नख्खु कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077