Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा यातायात बन्द

पर्वत । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा यातायात बन्द भएको छ।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ। पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ। पानी पर्न छाडेपछि पहिरो हटाइने न्यौपानेले बताए।

यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो। पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन्। केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077