Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षाफल आज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । स्थगित परीक्षाफल आज बुधबार प्रकाशित हुनेछ ।

बोर्डले मंगलबार साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको थियो । तर, तीजको दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आउन थालेपछि दिउँँसो साढे २ बजे ‘आजलाई स्थगित भएको’ जनाउँदै बोर्डले सबै सदस्यलाई म्यासेज पठाएको थियो ।

गत १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी थिए ।

बोर्डले यसपटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’अनुसार नतिजा प्रकाशन हुने जनाएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ भने सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउनेछैनन् ।

त्यसो त, यसअघि पनि बोर्डले १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ‘ग्रेडसिट’ मात्रै उपलब्ध गराउने गरेको थियो । यसअघि, कक्षा १० को एसईई परीक्षाको नतिजामा पनि ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’अनुसार न्यूनतम ३५ अंक नल्याए ‘एनजी’ कायम गर्ने तयारी गरिएको थियो ।

अन्तिम समयमा आएर सो निर्णयबाट बोर्ड पछि हटेको थियो । बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन हुने प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077