काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कांग्रेसबाट प्रतिस्पर्धा गर्न चितवन १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेले आवेदन दिएका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएर प्रत्यक्ष राजनीतिमा आउन लागेका हुन् ।
नेपाली कांग्रेसले केन्द्रबाट गरेको परिपत्र अनुसार निर्वाचन क्षेत्रहरुले उमेदवार बन्न ईच्छुकको आवेदन मागेका थिए । त्यसैअनुसार चिवतन १ कांग्रेसले उम्मेदवार हुन चाहनेलाई आवेदन दिन मंगलबार समय दिएको थियो । सोही अनुसार वाग्लेले आज आवेदन दिएका हुन् ।
उनले विगतमा आर्थिक र योजनाका क्षेत्रमा राजनीतिक नेतृत्वसँग जोडिएर काम गरे पनि अब भने पूरै राजनीतिमा जानेगरी उमेदवारीको आवदेन दिएको बताए ।
Leave a Reply