Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता : चुनाव प्रचारका लागि सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सामाजिक सञ्जालमार्फत प्रचारमा निर्वाचन आयोगले कडाइ गरेको छ ।

आयोगले तोेकेको मितिदेखि लागू हुने गरी सार्वजनिक भएको आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने, चुनावलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न, फेक साइट खोल्न नहुने उल्लेख छ।

त्यस्तै सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न पनि आचारसंहिताले निषेध गरेको छ ।

यसैगरी सामाजिक सञ्जालमार्फत चुनावलाई प्रभाव पार्ने उद्देश्यले अरुलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण हेट स्पिच गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न नपाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077